काठमाडौं मोडल अस्पतालले सुरु गर्‍यो इ-अपोइन्टमेन्ट, इसेवाबाट पैसा तिरी घरबाटै अपोन्टमेन्ट

बिजमाण्डू
२०७८ माघ ३ गते ११:५९ | Jan 17, 2022

काठमाडौं। काठमाडौँ मोडल अस्पतालले अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा  ई–अपोइन्टमेन्ट सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

यो सेवाअन्तर्गत बिरामीले अस्पतालमा  उपचार गर्न र डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सक्ने जनाएको छ। 

अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउन यो सेवा सुरु गरिएको अस्पतालले जानकारी दिएको छ।  यसमार्फत  बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुने अस्पतालले जनाएको छ ।

हाल बढ्दै गएको संक्रमण अवस्थामा यो सेवाले अझ धेरै सहजता ल्याउने कम्पनीले  कोजेन्ट हेल्थ र इसेवाले जनाएको छ।  अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू भएसँगै यो प्लाटफर्ममा आबद्ध हुने अस्पतालको संख्या  वृद्धि हुँदै गएको बिज्ञप्तीमा उल्लेख छ। 

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेको कम्पनीले जनाएको छ।