सुनको मूल्य बढ्दै तोलाको साढे ९२ हजारमा कारोबार, चाँदीको भाउ पनि थोरै बढ्यो

बिजमाण्डू
२०७८ माघ ३ गते ११:०३ | Jan 17, 2022

काठमाडौं  सुनको मूल्यमा क्रमिक वृद्धि हुँदै तोलाको साढे ९२ हजार रुपैयाँ पुगेको छ। आइतबारको भन्दा तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tata
GBIME
Nepal Life

साताको पहिलो दिन सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि थोरै बढेको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ५५ रुपैयाँ भएको छ। आइतबार चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८१९.०१ डलर र चाँदी प्रतिऔंस २३.०२ डलरमा कारोबार भइरहेको छ।