सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि अनिश्चितकालका लागि भयो स्थगित

बिजमाण्डू
२०७८ माघ २ गते १४:०६ | Jan 16, 2022
सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि अनिश्चितकालका लागि भयो स्थगित

काठमाडौं। राष्ट्रियसभा पछि प्रतिनिधिसभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ।

Tata
GBIME
Nepal Life

सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले विशेष कारणवस बैठक स्थगित भएको जानकारी दिए। 

पछिल्लो समय नेकपा एमालेले दुवै सदन अवरुद्ध गर्दै विरोध गर्दै आइरहेको छ। एमालेले हिउँदे अधिवेशनको सुरुदेखि नै बैठकमा विरोध जनाउँदै आएको हो। माधवकुमार नेपाललगायतका सांसदहरुलाई कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा नदिएसम्म संसद बैठकमा अवरोध कायमै रहने एमालेले बताउँदै आएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै अवरोध हटाउन आग्रह गरेका थिए। तर, अवरोध कायमै रहने एमालेले जनाएको छ।