सामसङको नयाँ एस २१ एफइ ५ जी सिरिज नेपालमा सार्वजनिक, ९० हजार रुपैयाँमा किन्न पाइने

बिजमाण्डू
२०७८ पुष २९ गते १५:५१ | Jan 13, 2022

काठमाडौं। सामसङले सन् २०२२ का लागि सार्वजनिक गरेको पहिलो ग्यालेक्सी उत्पादन एस २१ एफई ५ सिरिज नेपाली बजारमा आएको छ। 

Tata
GBIME
Nepal Life

ग्राफाइट, लाभेन्डर र अलिभ तीन रंगमा उपलब्ध यी मोबाइल फोनहरुमा दिनभर चल्ने ब्याट्री, ५ जी र वाइफाइ ६ सम्पर्क क्षमताका साथै उच्चतम शक्ति गति र कार्यक्षमता रहेको कम्पनीले जनाएको छ।

नेपाली बजारमा ग्यालेक्सी एस २१ एफइ ५ जीको मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। ग्यालेक्सी एस २१ एफई ५ जी प्रो श्रेणीको क्यामेराका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ।

'ग्यालेक्सी एस २० एफइप्रति उपभोक्ताले दर्शाएको प्रेमका कारण हामीले ग्यालेक्सी एस २१ एफइ ५ जीमा पनि त्यही विरासतलाई अघि बढाएका छौं। यसमा सर्वोत्तम श्रेणीको क्यामेरा,६.४ इन्चको एफएचडिका साथै अद्वितीय एमोलेड डिस्प्ले १२० हर्जको रिफ्रेस दर तथा शक्तिशाली प्रोसेसर युक्त रहेको छ। यसको रंग र डिजाइनले उपभोक्ताहरुको पक्कै पनि मन जित्नेछ।'- सामसङ मोबाइल नेपालका बिजनेस प्रमुख प्रणयरत्न स्थापितले बताए।

यस मोबाइलको पृष्ठभागमा उच्चतम श्रेणीका १२ एमपि क्यामेरा रहेका छन्। अल्ट्रा वाइड लेन्सले सबैलाई एउटै फ्रेममा समेटने तथा ३२ एमपि क्षमताको अग्र क्यामेराले सेल्फी असाध्यै राम्रो खिच्न मिल्ने कम्पनीले जनाएको छ। आइपि ६८ रेटिङले स्मार्टफोनलाई धुलो र पानी प्रतिरोधक बनाएको बताइएको छ।