कात्तिकसम्म ७२ उद्योगीले लगे पुनर्कर्जा: ९ अर्ब रुपैयाँ गयो, कुन उद्योगले कति पुनर्कर्जा लगे?

बिजमाण्डू
२०७८ मंसिर २३ गते १६:१० | Dec 9, 2021

काठमाडौं। कात्तिकसम्म ११ जनाले विशेष पुनर्कर्जा लगेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार, ८ वटा बैंक तथा वित्तीय संस्थाबाट उनीहरुले कुल एक अर्ब ८६ करोड २३ लाख बिशेष पुनर्कर्जा लगेका हुन्।

Tata
GBIME
Nepal Life

साधारण पुनर्कर्जा ६१ जनाले लगेका छन्। उनीहरुले २५ संस्थाबाट यो पैसा लगेका हुन्। कुल ७ अर्ब १३ करोड ३८ लाख रुपैयाँ लगेका छन्।

ऋण लानेहरु कोभिडबाट प्रभावित होटल, बिद्यालय, कार्पेट उद्योड, डेरीजस्ता उद्योगले लगेका छन्। 

पुनर्कर्ज लैजानेमध्ये ५५ प्रतिशत पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग छन्। २०.४३ प्रतिशत उत्पादनमूलक उद्योग छन्। १६.२३ प्रतिशत जलविद्युत छन् भने बाँकी कपडा, यातायात, शिक्षा र अस्पताल उद्योग छन्। 

सातमध्ये जम्मा पाँच प्रदेशकाले पुनर्कर्जा लगेका छन्। सबैभन्दा बढि बाग्मतिले ४७ प्रतिशत, २७ प्रतिशत गण्डकी, साढे १३ प्रतिशत लुम्बिनी, प्रदेश १ सात र २ नम्बर प्रदेश साढे ५ प्रतिशत पुनर्कर्जा चलाएका छन्।