साढे तीन खर्बको अन्तरले बजारमा तरलता अभाव: गभर्नर अधिकारीले भने- आयातका लागि २०५ अर्ब ऋण गयो

बिजमाण्डू
२०७८ मंसिर २३ गते १३:२८ | Dec 9, 2021

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नरले निक्षेपको तुलनामा अधिक ऋण बिस्तार हुँदा तरलता अभाव भएको बताएका छन्। संसदको अर्थसमितिमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीबाट ४११ अर्ब कर्जा जाँदा निक्षेप ६४ अर्बले मात्र बढेको तथ्यांक प्रस्तुत गरे।

Tata
GBIME
Nepal Life

'साढे तीन खर्बको ग्यापले तरलता अभाव भएको हो' उनले भने। गभर्नरले बिस्तार भएको कर्जाको ५० प्रतिशत आयातमा गएको पनि बताए। उनका अनुसार २०५ अर्ब रुपैयाँ आयातका लागि पैसा गएको बताए। 

उनले रेमिटेन्सको बृद्धि खासै हुन नसकेको भन्दै औषतमा ८० अर्ब भित्रिरहेको बताए। उच्च आयात हुँदा रेमिटेन्सले त्यसलाई थेग्न नसकेको उनले बताए। 

गभर्नरले तरलतामा चाप पर्ने भएर आन्तरिक ऋण नउठाएको समेत बताए। उनले रेमिटाटेन्सलाई आकर्षित गर्न एक प्रतिशत बिन्दु बढि ब्याज दिने योजना ल्याएको भन्दै गैरआवासीय नेपालीको निक्षेप आकर्षित गर्न पनि नयाँ योजना ल्याएको सुनाए।