भैरहवामा बुधबार राती बुद्ध एयरको जहाजमा भएको के हो? दुई महिनापछि उही जहाजमा समस्या

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ मंसिर २३ गते १३:२७ | Dec 9, 2021
भैरहवामा बुधबार राती बुद्ध एयरको जहाजमा भएको के हो? दुई महिनापछि उही जहाजमा समस्या

काठमाडौं। बुद्ध एयरको ९-एन-एएनआई कलसाइनको एटिआर-७२ जहाज बुधबार राति ९:४० बजे भैरहवा ल्याण्ड भयो। भैरहवा ल्याण्ड भएपछि बाहिरिएका यात्रु आलसतालस थिए। उनीहरुले बाहिर निस्किने वित्तिकै भन्दै थिए- 'धन्न भाग्यले बाँचियो।'

Tata
GBIME
Nepal Life

उनीहरुले काठमाडौं जान तम्तयार रहेका यात्रुलाई जहाजमा ठूलो आवाज आएको र धेरै बम्पिङ (हल्लाएको) भएको जानकारी दिए। यो जानकारी पछि जहाजमा चढ्न हतारहतार अगाडि बढेका सबै यात्रु रोकिए।

उनीहरुले प्राविधिक समस्या भएको जहाजमा नजाने अड्डी लिए। त्यसपछि मात्रै एयर होस्टेजले चेकजाँच भइरहेको र १० मिनेटमा तयार हुने जानकारी दिइन्। त्यसको केही समयपछि इन्जिनमा समस्या आएको जानकारी दिइयो।

'इन्जिनमै समस्या आएको जानकारी आएपछि यात्रुले तुरुन्तै होहल्ला गरे,' काठमाडौं फर्किने एक यात्रुले भने, 'त्यसपछि बुद्धका स्थानीय कर्मचारीले काठमाडौंबाट १० बजेर ५ मिनेटमा जहाज उड्ने जानकारी दिइयो।' तर भनेको समयमा जहाज आएन। पौने ११ बजे आएको जहाजले ६६ जना यात्रु लिएर काठमाडौं फर्कियो।

यो त्यही जहाज हो, जुन दुई महिना अगाडि ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या आएर दुई घण्टा आकाशमै होल्ड गरिएको थियो। जहाजमा आएको प्राविधिक गढबढीका बारेमा अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको समितिले पाइलटलाई दोषी देखाउँदै जहाजमा कुनै खराबी नरहेको प्रतिवेदन दिएको थियो। त्यो प्रतिवेदनका आधारमा पाइलट एजी शेर्पा अझै ग्राउण्डेड छन्।

जहाजमा के भयो ?

यो जहाजमा प्रोपेलर इलेक्ट्रिक कन्ट्रोलरमा समस्या आएको हो। यो विद्युतीय समस्या हो। इन्जिनियरले निरीक्षण गरेपछि जहाज पुनः अपरेशनमा ल्याइसकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

'जहाजमा यस्तो समस्या आउनु सामान्य मानिन्छ। पाइलटले माइनर फल्ट आएलगत्तै इन्जिनियर बोलाउँछन्। बुधबार पाइलटले इन्जिनियर बोलाएका थिए। जहाज निरीक्षण गरेपछि बिहीबार संचालनमा आइसकेको छ,' प्राधिकरण स्रोतले भन्यो।

उनका अनुसार हरेक कन्ट्रोलरको सासाना कम्प्युटर हुन्छन्। त्यो कम्प्युटरको तार लुज भएको कारण प्राविधिक बोलाइएको स्रोतले जनाएको छ।