सुरु भयो नाडामा नेतृत्वका लागि मतदान, प्यानल बनाएर थापा र चौधरी उत्रिए मैदानमा, तस्बिर समाचार

बिजमाण्डू
२०७८ मंसिर २३ गते ११:३८ | Dec 9, 2021
सुरु भयो नाडामा नेतृत्वका लागि मतदान, प्यानल बनाएर थापा र चौधरी उत्रिए मैदानमा, तस्बिर समाचार

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि बिहीबार  निर्वाचन सुरु भएको छ। मतदान ३ बजेसम्म हुने छ भने मतगणना ५ बजेबाट सुरु गर्ने निर्वाचन तालिका छ।

Tata
GBIME
Nepal Life

नेतृत्वका लागि करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्। यो पटक प्यानलनै बनाएर चौधरी र थापा समूह चुनाबी मैदानमा छन्।

मुलुक संघीय संरचनामा गएपछि नाडाको सदस्य संख्या पनि विस्तार भएको छ। यो पटक २२ सय नयाँ सदस्य नाडामा थपिएका छन्। 

चौधरीसँग सिप्रदी ट्रेडिङ, महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड, हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतका ठूला व्यवसायीको समर्थन छ। चौधरीको प्यानलबाट सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, नेपाल जेनरल मार्केटिङका अभिक ज्योति, एमएडब्लुका मिलनबाबु मल्ल, अग्नि इन्कर्पोरेटेडबाट बरदान बस्नेत, आइएमई मोटर्सबाट निशान ढकाल उम्मेद्वार छन्। नाडामा यो समूहको राम्रै भोट बैंक छ।

थापा समूहसँग ठूला गाडीका अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, गो फोर्ड, शंकर समूहको जगदम्बा मोटर्सको समर्थन छ। थापाको प्यानलबाट लक्ष्मी हुण्डाईका कार्यकारी निर्देशक निराकार श्रेष्ठ, गो फोर्डका प्रवन्ध निर्देशक आकाश गोल्छा र जगदम्बा मोटर्सका महाप्रवन्धक दीपक अग्रवालले उम्मेद्वारी दिएका छन्।

थापाका लागि यो व्यवसायिक घरानाले बलियो बनाएको छ। त्यो वाहेक फूटकर भोटका लागि दुबै पक्षले बुधबार राती राम्रै कसरत गरेका थिए।