६ वटा निर्माण कम्पनी कालोसूचीमा, कालोसूची अवधिभर सार्वजनिक खरिदमा भाग लिन नपाउने

बिजमाण्डू
२०७८ मंसिर २३ गते ११:१३ | Dec 9, 2021

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयको २२ गते बसेको बैठकले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा(१) बमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

ठेक्का लिएर सम्झौता बमोजिम काम नगरेपछि विभिन्न निकायले लेखि पठाएका आधारमा कालोसूचीमा राखिएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकालेर कालोसूचीमा राखिएको अवधी निर्माण व्यवसायी/आपूर्तिकर्ता कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने उल्लेख गरेको छ। 

चन्द्रनगर नगरपालिका(सर्लाही)बाट ठेक्का लिएर काम नगरेपछि एलिट कन्स्ट्रक्सन कम्पनी प्राली (काठमाडौं) लाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ। सडक डिभिजन लहानले लेखेर पठाएका आधारमा निलगिरी निर्माण सेवालाइ तीन बर्षका लागि कालोसूचीमा राखिएको छ।

तारकेश्वर नगरपालिकाको सिफारिसमा च्याङग्रासी निर्माण सेवा काठमाडौंलाई २ वर्ष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको सिफारिसमा एसएनसी निर्माण सेवा प्रालीलाई १ वर्ष, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरको सिफारिसमा  एसएसएम कन्स्ट्रक्सन काठमाडौंलाई १ वर्ष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाँकेको सिफारिसमा त्रिदेव निर्माण सेवा कोहलपुरलाइ १ वर्षका लागि कालोसूचीमा राखिएको छ।