चिनियाँ ब्राण्ड चांगनको प्रिमियम सेडानको एक हजार टेस्ट ड्राइभ, अन कल टेस्ट राइड पनि पाइने

बिजमाण्डू
२०७८ मंसिर २२ गते १६:११ | Dec 8, 2021

काठमाडौं। चीनको प्यासेन्जर ब्राण्ड चांगन अटोले काठमाडौंमा एक हजार टेस्ट ड्राइभ गराएको छ।  चांगनले आफ्नो प्रिमियम सेडान एल्सभिनको एक हजार टेस्ट ड्राइभ गराएको जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले दुई सातामै एक हजार टेस्ट ड्राइभ गराएको भन्दै आगामी जनवरी १९ तारिदसम्म टेस्ट ड्राइभको अवधि रहेको जानकारी समेत दिएको छ।

कम्पनीका अनुसार काठमाडौंको सोल्टी होटलमा राखिएको एल्सभिनको टेस्ट ड्राइभ गर्न चाहनेले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको कुनै पनि समयमा टेस्ट ड्राइभका लागि जान सक्ने बताएको छ।

कम्पनीले काठमाडौंका बिभिन्न अपार्टमेन्टमा गाडी प्रदर्शनका लागि राखेको थियो। बिभिन्न हाउजिङहरुमा पनि गाडी प्रदर्शनमा राखिने कम्पनीले  बताएको छ।

 ग्राहकले अन कल टेस्ट राइड गर्न पनि सक्ने तथा आफ्नो अनुकुल स्थानमा लगी टेस्ट ड्राइभ गर्न सक्ने सुविधा दिएको पनि कम्पनीले जनाएको छ।