एकर्ड फर्मास्युटिकल्सले ४ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने, ग्लोबल क्यापिटल बिक्री प्रबन्धक

बिजमाण्डू
२०७८ मंसिर २२ गते १४:५३ | Dec 8, 2021


काठमाडौं। एकर्ड फर्मास्युटिकल्सले ४ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ। प्रति कित्ता अंकित मुल्य एक सय रुपैयाँका दरले कम्पनीले सर्वसाधरणलाई सेयर जारी गर्ने जनाएको छ। 

Tata
GBIME
Nepal Life

एकर्डले सेयर निष्काशन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच मंगलबार सम्झौता भएको छ। 

एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

एकर्डको अधिकृत पुँजी ६५ करोड रुपैयाँ र जारी पुँजी ४८ करोड रुपैयाँ रहेको छ। ललितपुरको लुभूमा कम्पनीले ओषधी उत्पादन गर्ने कारखाना राखेको छ। 

फर्मास्युटिकल्स २०७० मा स्थापना भइ केही समय पछि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको थियो। 

फर्मास्युटिकल्सले बिल्टएप एरिया ६० हजार वर्गफिटमा बनेको उद्योगबाट भवनबाट विशिष्ट र विभिन्न प्रकारका गुणस्तरीय औषधिहरु उत्पादन गर्दै आएको छ। हाल मुलुकमा औषधि उत्पादन गरिरहेका अन्य कम्पनीहरुमध्ये एकर्डले सर्वसाधारणमा शेयर जारी गर्ने नेपालकै पहिलो औषधि उत्पादक कम्पनी हुनेछ।