केएफसीको १३औं आउटलेट हेटौंडाको भाटभटेनीमा खुल्यो, एकपटकमा ४४ जनाले सेवा पाउने

बिजमाण्डू
२०७८ मंसिर २२ गते १२:४१ | Dec 8, 2021
केएफसीको १३औं आउटलेट हेटौंडाको भाटभटेनीमा खुल्यो, एकपटकमा ४४ जनाले सेवा पाउने


काठमाडौं। अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले हेटौंडामा शाखा खोलेको छ। केएफसीले आफ्नो १३ औं आउटलेट हेटौंडामा संचालनमा आएको भाटभटेनीमै विस्तार भएको हो।  

Tata
GBIME
Nepal Life

केएफसीले यो आउटलेटबाट  चिकेनका बिभिन्न परिकारहरु हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्ससहित बर्गर उपलब्ध गराउने जनाएको छ। 

आफ्ना ग्राहकहरुलाई स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड-१९ को रोकथामका लागी विश्वस्तरीय सुरक्षा नीति अवलम्बन गरिने केएफसीले जनाएको छ। 

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै केएफसीले स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा मापदण्ड अनिवार्य गरेको जनाएको छ। रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु सरसफाइ गर्ने जनाएको छ। 

१८ सय ८० वर्गफिट फराकिलो रेस्टुरेन्टमा एकपटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्ने बताइएको छ। रेटुरेन्टले हाल बिहान ९ बजेदेखि राती साढे ८ बजेसम्म डाइन–इन वा टेक अवे मार्फत सेवा दिने जनाएको छ।