टिभिएसले रेडर बाइकलाई सातै प्रदेशमा लञ्च गर्दै, सप्तरंग-३ सँगै बिभिन्न शहरमा जाने

बिजमाण्डू
२०७८ मंसिर २२ गते १२:३२ | Dec 8, 2021
टिभिएसले रेडर बाइकलाई सातै प्रदेशमा लञ्च गर्दै, सप्तरंग-३ सँगै बिभिन्न शहरमा जाने

काठमाडौं। सातै प्रदेशमा ‘टीभीएस रेडर – सप्तरंग–३’ हुने भएको छ। गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ कार्यक्रमसँगै टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा लञ्च गर्न लागेको हो। 

Tata
GBIME
Nepal Life

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ कला मार्फत् जनमानसमा सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताइएको छ। कला संस्कृतिलाई उजागर गर्दै २४ मंसिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा समापन हुने आयोजकले जानकारी दिएको छ। 

काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर सम्पन्न हुनेछ। 

‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी रहने आयोजकले जनाएको छ। 

सप्तरंग–३ लाई  टीभीएसले मुख्य प्रायोजन गर्देछ। कम्पनीले आफ्नो नयाँ मोटरसाइकल रेडर मार्फत्  सप्तरंग–३ मा सामेल हुन लागेको बताएको छ। केही साता अघिमात्र नेपाली बजारमा लञ्च गरिएको टीभीएस रेडरलाई यसको स्पोर्टी लुक्स, पावर र पिक-अपका कारण रोजाइमा परेको कम्पनीले जनाएको छ। सातै प्रदेशमा सप्तरंगसँग आबद्ध भै टीभीएस रेडर पनि सातै प्रदेशमा लन्च गरिने बताइएको छ।