नेपाल टेलिकममा एमडीका लागि खुल्यो आवेदन, यस्तो अनुभव भएकाले पुस ७ भित्र आवेदन दिन पाउने

बिजमाण्डू
२०७८ मंसिर २२ गते ०९:५६ | Dec 8, 2021
नेपाल टेलिकममा एमडीका लागि खुल्यो आवेदन, यस्तो अनुभव भएकाले पुस ७ भित्र आवेदन दिन पाउने

काठमाडौं। सरकारी स्वामित्वको दूरसंचार कम्पनी नेपाल टेलिकमको प्रवन्ध निर्देशक(एमडी) नियुक्ति प्रक्रिया अगाडि बढेको छ। संचार मन्त्रालयले एमडीका लागि खुला दरखास्त माग गरेको छ।

Tata
GBIME
Nepal Life

अहिलेका एमडी डिल्लीराम अधिकारीको पदावधि पुस २२ गते सकिने भएपछि नयाँ एमडीका लागि मन्त्रालयले सूचना निकालेको हो। खुला प्रतिस्पर्धाबाट एमडी नियुक्ति गर्ने प्रक्रिया अनुसार पुस ७ गतेभित्र आकांक्षीले आवेदन दिइसक्नुपर्नेछ।

मन्त्रालयका अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ मध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ।

नेपाल दूरसंचार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसंचार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायको व्यवस्थापकीय पदमा कम्तीमा तीन वर्षसहित १२ वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान राखिएको छ।

मन्त्रालयले व्यवस्थापकीय पदलाई समेत खुलाउँदै तहगत व्यवस्था भएका निकायका हकमा दसौं वा सो भन्दा माथिल्लो तह र श्रेणीगत व्यवस्था भएका निकायकोहकमा राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिको श्रेणी भनेर उल्लेख गरेको छ।

उम्मेदवारले पेस गरेको व्यवसायिक कार्ययोजना र सोको प्रस्तुती, शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि मन्त्रालय समक्ष पेश गर्ने जनाएको छ।