साढे ४ महिनामा सरकारको प्राप्ति ४ खर्ब, विकास खर्च निराशाजनक, खर्च लक्ष्यको ५.५४% मात्रै

बिजमाण्डू
२०७८ मंसिर १७ गते १३:०६ | Dec 3, 2021
साढे ४ महिनामा सरकारको प्राप्ति ४ खर्ब, विकास खर्च निराशाजनक, खर्च लक्ष्यको ५.५४% मात्रै


काठमाडौं। साढे ४ महिनामा सरकारको प्राप्ति ४ खर्ब पुगेको छ। सरकारले सबैखाले शीर्षकमा ४ खर्ब प्राप्ति गरेको हो। 

Tata
GBIME
Nepal Life

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सबैभन्दा धेरै ३ खर्ब ४० अर्ब राजस्व शीर्षकबाट प्राप्ति गरेको छ।

यसैगरी  गैरकर शीर्षकमा ३० अर्ब २६ करोड संकलन भएको छ। यसैगरी अन्य शीर्षकमा ३० अर्ब २६ करोड प्राप्ति भएको छ।

साढे ४ महिनामा सरकारले ३ खर्ब ३५ अर्ब खर्च गरेको छ। चालु शीर्षकमा २ खर्ब ७१ अर्ब खर्च गरेको सरकारले विकास खर्चतर्फ २४ अर्ब ३३ करोड मात्रै खर्च गरेको छ। यो कुल खर्च लक्ष्यको ५.५४ प्रतिशत मात्रै हो।