नारायणी डेभलपमेन्ट बैंकले पुन: शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, पुस ७ गतेबाट निष्कासन

बिजमाण्डू
२०७८ मंसिर १७ गते ०८:५० | Dec 3, 2021

काठमाडौं। गत वर्ष माघमा शत् प्रतिशत हकप्रद सेयर जारी गरेको नारायणी डेभलपमेन्ट बैंकले पुन: शत् प्रतिशत हकप्रद वितरण गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

पोहोर १०० प्रतिशत सेयर वितरणपछि चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ कायम भएको थियो। यसको शत् प्रतिशत सेयर पुन: निष्कासन गर्न लागेको हो।

बैंकले पुस ७ गतेबाट सेयर निष्कासन गर्ने छ। पुस २७ गतेसम्म सेयर जारी गर्ने बैंकको योजना छ। बैंकको सेयरको अंकित मूल्य १०० रुपैयाँ हो।

यसपछि चुक्ता पुँजी साढे २६ करोड रुपैयाँ पुग्ने छ। चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्‍याउनुपर्ने नियामकीय प्रावधान छ।