आइफोन १३ को माग घटेपछि दबाबमा एप्पल, कम्पोनेन्ट अभावले थप तनाव, किन घट्यो माग?

बिजमाण्डू
२०७८ मंसिर १६ गते १३:४८ | Dec 2, 2021
आइफोन १३ को माग घटेपछि दबाबमा एप्पल, कम्पोनेन्ट अभावले थप तनाव, किन घट्यो माग?

‍काठमाडौं। आइफोन १३ को माग घटेपछि एप्पलले बिक्रीको टार्गेट नै घटाएको छ। एप्पलले आफ्नो कम्पोनेन्ट आपूर्तिकर्ताहरुलाई आइफोन १३ को माग नै घटेको ब्रिफ्रिङ गरेको छ। 

Tata
GBIME
Nepal Life

चिपदेखि अन्य आवश्यक कम्पोनेन्टको चरम अभावका कारण बिक्रीको टार्गेट कम्पनीले घटाएको थियो। कम्पनीले यो वर्ष आइफोन १३ को उत्पादन लक्ष्य एक करोड थानमा झारेको थियो। यसअघि उसको लक्ष्य ९ करोड थान थियो। कम्पोनेन्टको अभाव समाधान पछि माग बढ्ने अपेक्षा गरिरहेको एप्पललाई आइफोनको माग नै घट्न थालेपछि थप धक्का लागेको छ।   

एप्पलले भेन्डरहरुलाई बोलाएर अर्डर उपयोग हुन नसक्ने सूचना दिन थालेको छ। एप्पलले भने होलिडे सिजन (क्रिस्मस र नयाँ वर्ष २०२२) मा आइफोनको बिक्री लयमा फर्किने प्रतिक्रिया दिएको छ। कम्पनीले चालू वर्षको अन्तिम तीन महिनामा ६ प्रतिशतले बिक्री बढेर एक खर्ब १७ अर्ब डलर पुग्ने अनुमान गरेको छ। तर, एप्पलले अनुमान गरेअनुसार व्यापार भने नभएको बताइएको छ। 

पर्याप्त फोनको उत्पादन र समयमै डेलिभरी दिन नसकेपछि उपभोक्ताहरु दिकदार भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। मूल्यवृद्धि र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण उपभोक्ताहरु नयाँ फोन प्रति उत्साहित नबनेको बताइएको छ।