लक्ष्मी बैंकले पुस ८ गतेलाई बोलायो साधारणसभा, साढे ११ प्रतिशत लाभांश, मर्जरको पनि एजेण्डा

बिजमाण्डू
२०७८ मंसिर १६ गते ०८:४८ | Dec 2, 2021
लक्ष्मी बैंकले पुस ८ गतेलाई बोलायो साधारणसभा, साढे ११ प्रतिशत लाभांश, मर्जरको पनि एजेण्डा

काठमाडौं। लक्ष्मी बैंकले पुस ८ गते बार्षिक साधारणसभा डाकेको छ। बैंकले गत बर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पारितको एजेण्डा साधारणसभामा राख्ने भएको छ।

Tata
GBIME
Nepal Life

बैंक गत बर्षको नाफाबाट चुक्ता पुँजीको साढे तीन प्रतिशत नगद लाभांश दिने एजेण्डा अगाडि सारेको छ। यसमा बैंकको ३७ करोड ४३ लाख रुपैयाँ सेयरधनीलाई जाने छ।

यसबाहेक बैंकले ८ प्रतिशत बोनस सेयर दिने छ। यसपछि बैंकको चुक्ता पुँजी ८५ करोड  ५६ लाख रुपैयाँले बृद्धि हुने छ। 

बैंकले बार्षिक साधारणसभामा मर्जर तथा प्राप्तिको एजेण्डा पनि लैजाँदैछ। बैंकले उपयुक्त पार्टन भेटिए मर्जर तथा प्राप्तिको प्रकृया अगाडि बढाउने जिम्मा सञ्चालक समितिलाई दिने एजेण्डा साधारणसभामा लैजान लागेको हो।