सीइओ फेरिएको २४ घण्टापछि ट्‍वीटरको नयाँ नीति, ट्‍वीट गरेका फोटो-भिडियोमा उजुरी आए तत्काल एक्सन

बिजमाण्डू
२०७८ मंसिर १५ गते १४:४७ | Dec 1, 2021
सीइओ फेरिएको २४ घण्टापछि ट्‍वीटरको नयाँ नीति, ट्‍वीट गरेका फोटो-भिडियोमा उजुरी आए तत्काल एक्सन



काठमाडौं। ट्‍वीटरले मंगलबारदेखि लागू हुने गरी नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। ट्‍वीटरले प्रयोगकर्ताहरुलाई अनुमति बिना अरुको व्यक्तिगत फोटो सेयर गर्न बन्देज लगाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले नयाँ सीईओ नियुक्त गरेको २४ घण्टामै आफ्नो नेटवर्कसम्बन्धी नीतिलाई कडाइ गरेको छ। नयाँ नियमअनुसार पब्लिक फिगर नभएका व्यक्तिहरुले आफ्नो फोटो वा भिडियो अनुमति विना कसैले अपलोड गरे ट्‍वीटरलाई रिपोर्ट गर्न सक्नेछन्।

ट्‍वीटरले उक्त रिपोर्ट सही भएमा त्यस्ता फोटो वा भिडियो हटाउन सक्ने जनाएको छ। 

ट्वीटरले नयाँ नीति सार्वजनिक व्यक्तित्वको हकमा लागू नहुने स्पष्ट पारेको छ। साथै, कुनै व्यक्तिले गर्ने ट्वीटले सार्वजनिक स्वार्थको पक्षमा वा डिस्कोर्समा भ्यालु थपेमा त्यस्ता ट्वीट नहट्ने जनाएको छ। 

साथै, कम्पनीले आफ्नो कम्युनिटी स्ट्यान्डर्डविरुद्ध जोसुकैले ट्‍वीटर गरेमा भने कारवाही हुने जनाएको छ।