सुनचाँदी दुवैको कारोबार मूल्यमा गिरावट, सुन प्रतितोला ४ सय र चाँदीमा ५ रुपैयाँ घट्यो

बिजमाण्डू
२०७८ मंसिर १५ गते १२:३४ | Dec 1, 2021
सुनचाँदी दुवैको कारोबार मूल्यमा गिरावट, सुन प्रतितोला ४ सय र चाँदीमा ५ रुपैयाँ घट्यो


काठमाडौं। सुन तोलामा ४ सय र चाँदी ५ रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुन तोलाको ९१ हजार ५ सय र चाँदी १२ सय भएको छ। 

Tata
GBIME
Nepal Life

यसअघि मंगलबार सुन प्रतितोला ९१ हजार ९ सय र चाँदी १२ सय ५ रुपैयाँ थियो। बुधबारको कारोबार मूल्य यो साताको सबैभन्दा कम हो।

गत आइतबार सुन तोलाको ९२ हजार १ सय र चाँदी १२ सय १० थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १७८७.२१ र चाँदी २२.९६ डलर छ।