नाडामा चुनाव लाग्यो: ध्रुव थापाले पोखरामा आसपासका व्यवसायीसँग छलफल थाले, के छ एजेण्डा?

बिजमाण्डू
२०७८ मंसिर १४ गते १०:५७ | Nov 30, 2021
नाडामा चुनाव लाग्यो: ध्रुव थापाले पोखरामा आसपासका व्यवसायीसँग छलफल थाले, के छ एजेण्डा?


काठमाडौं। नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ध्रुव थापाले पोखराका अटोमोवाइल व्यवसायीसँग अन्तर्क्रिया गरेका छन्। 

Tata
GBIME
Nepal Life

नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका थापालगायत उनको समूहले कास्की जिल्लाका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रमा व्यवासय गर्ने व्यवसायीको साथै, बागलुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीहरुसँग छलफल गरेका हुन्। 

कार्यक्रममा नाडाका सम्पूर्ण पूर्वाध्यक्षहरुको स्पष्ट समर्थन ध्रुव थापा समूहलाई रहेको दाबी गरिएको छ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, न्याय तथा सञ्चार मन्त्री माननीय विन्दुकुमार थापा, लायन्स मल्टिपल ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेमबहादुर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी लगायतको उपस्थिति थियो।

कार्यक्रममा अध्यक्षका प्रत्यासी थापाले आफू र आफ्नो टिम नेतृत्वमा आएपछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधार, नाडा अटो सोको प्याटेन्ट लिनेदेखि लिएर मोफसलमा पनि केन्द्रकै आयोजनामा अटो शो गरिने अवधारणा अगाडि सारेका थिए।