मौद्रिक समिक्षापछि बजार निरन्तर ओरालो, कारोबार चार अर्ब रुपैयाँ, तैपनि दुई कम्पनी बढेर सर्किट

बिजमाण्डू
२०७८ मंसिर १३ गते १५:१३ | Nov 29, 2021

काठमाडौंं। सेयर बजार साढे २१ अंकले घटेर बन्द भएको छ। बजार २६३० अंक हाराहारीमा बन्द भएको हो। बजार दिनभरीमा २६७६ अंकसम्म माथि गएको थियो। 

Tata
GBIME
Nepal Life

दिनभरीमा २२८ कम्पनीको ४ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। जलविद्युत र सामूहिक लगानी कोष सूचकबाहेक सबै रातो छन्। खासगरी वित्तीय क्षेत्रका कम्पनीहरुको मूल्य घटेका कारण बजार समग्रमा रातो भएको हो।

राष्ट्र बैंकले मौद्रिक समीक्षा गरेर सेयर बजारमैत्री नीति लिन्छ भन्ने अनुमान थियो। अनुमान विपरित बजारका बारेमा राष्ट्र बैंकले केही पनि धारणा बनाएन। पहिलेकै ब्यवस्थालाई निरन्तरता दिँदै तरलता प्रवाहमा खास धेरै ध्यान नदिएपछि बजार त्यसयता निरन्तर ओरालो लागेको हो।

आइसीएफसी फाइनान्सको सेयर मूल्यमा घटेर सर्किट लागेको छ। मूल्य १० प्रतिशतले घटेर ८३८ रुपैयाँमा आएको छ। यसपछि चन्द्रागिरि हिल्सको ५ प्रतिशतले मूल्य घटेको छ।  न्यादी र सामलिङ पावर कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ।