दसैंमा सर्वसाधारणको हातहातमा पुगेको नोटमध्ये २६ अर्ब कात्तिकमा प्रणालीभित्रै फर्कियो

बिजमाण्डू
२०७८ मंसिर १३ गते १०:४९ | Nov 29, 2021

काठमाडौं। दसैंतिहारका लागि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट सर्वसाधारणको हात-हातमा पुगेको नोट बिस्तारै प्रणालीमा फर्किन थालेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कात्तिकसम्मक आफ्नो अपरिस्कृत वित्तीय विवरण अनुसार, एक महिनामै २६ अर्ब २० करोड ७८ लाख रुपैयाँ सर्वसाधारणको हातबाट प्रणालीमा नोट फर्किएको छ।

असोजमा दसैं परेको थियो। असोजमा ६८ अर्ब ५८ करोड ४९ लाख रुपैयाँभन्दा बढी नोट मान्छेका हातमा पुगेको थियो। राष्ट्र बैंकका अनुसार, असोजमा ७ खर्ब १३ अर्ब ९८ करोड ८ लाख रुपैयाँ बराबरका नोट हात-हातमा पुगेका थिए।

कात्तिकमा त्यो घटेर ६ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख रुपैयाँमा आएको हो। गत भदौमा पनि ११ अर्ब ८७ करोड रुपैयाँ बराबरका नोट प्रणालीमा फर्किएको  थियो। 

चलनचल्तीको नोटमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग भएको पैसालाई गणना गरिँदैन। यसभित्र आमसर्वसाधारण, व्यापारी, व्यवसायी लगायतसँग भएको नगद पैसा पर्छ।