राष्ट्रिय बीमा कम्पनीलाई प्रमुख कार्यकारी अधिकृत चाहियो, १५ दिनभित्र आवेदन दिन सकिने

बिजमाण्डू
२०७८ मंसिर १२ गते ०९:०० | Nov 28, 2021
राष्ट्रिय बीमा कम्पनीलाई प्रमुख कार्यकारी अधिकृत चाहियो, १५ दिनभित्र आवेदन दिन सकिने


काठमाडौं। राष्ट्रिय बीमा कम्पनी लिमिटेड नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आइतबार एक सार्वजनिक सूचना जारी गरेर प्रमुख कार्यकारी अधिकृत माग गरेको छ।

Tata
GBIME
Nepal Life

प्रमुख कार्यकारी अधिकृतका लागि बीमा ब्यवस्थापन, वित्त, अर्थशास्त्रलगायत विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ। कम्तिमा ५ वर्ष व्यवस्थापकीय काम गरेको अनुभव पनि हुनुपर्छ।

आफूले पढेको विषयगत योग्यताअनुसार १५ वर्षसम्मको काम गरेको अनुभव हुनुपर्छ। आवेदन आगामी १५ दिनभित्र दिनुपर्छ। त्यतिबेलासम्म उमेर ६५ वर्ष नाघेको हुनु हुँदैन।

कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक कम्पनीको नियमअनुसार दिने छ। प्रमुख कार्यकारीको छनोट व्यवसायिक कार्ययोजनाका आधारमा गरिने छ। त्यसपछि अन्तर्वार्ता हुने छ।