सुनको कारोबार मूल्य एकै दिन तोलामा १ हजार ६ सय घट्यो, चाँदीमा पनि १५ रुपैयाँ गिरावट

बिजमाण्डू
२०७८ मंसिर ७ गते ११:४९ | Nov 23, 2021
सुनको कारोबार मूल्य एकै दिन तोलामा १ हजार ६ सय घट्यो, चाँदीमा पनि १५ रुपैयाँ गिरावट


काठमाडौं। सुनको मूल्यमा एकैदिन १६ सय रुपैयाँको गिरावट आएको छ। मंगलबार सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँ भएको छ।

Tata
GBIME
Nepal Life

गत आइतबारका तुलनामा २ सय बढेर सोमबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

यसअघि गत शुक्रबारका तुलनामा ७ सयको गिरावट आउँदा आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँ थियो। 

त्यस्तै चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ घटेर १२ सय ५५ भएको छ। सोमबार प्रतितोला १२ सय ७० र आइतबार १२ सय ६० रुपैयाँ थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार सुन प्रतिऔंस १८०८.२४ डलरमा कारोबार भइरहेको छ। आइतबार प्रतिऔँस १८४६.०२ र सोमबार १८४८.६३ डलर थियो। मंगलबार चाँदी प्रतिऔंस २४.२४ डलर छ। गत आइतबार २४.६१ र सोमबार २४.७३ डलर छ।