नेपाल टेलिकमले विभिन्न पदका लागि खुलायो जागिर, अनलाइनबाटै आवेदन र शुल्क तिर्न सकिने

बिजमाण्डू
२०७८ मंसिर ३ गते ११:३१ | Nov 19, 2021
नेपाल टेलिकमले विभिन्न पदका लागि खुलायो जागिर, अनलाइनबाटै आवेदन र शुल्क तिर्न सकिने



काठमाडौं। नेपाल टेलिकमले विभिन्न पदका लागि जागिर खुलाएको छ। शुक्रबार सूचना जारी गर्दै टेलिकमले खुला तथा समावेशी, आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्ने प्रक्रिया थालेको हो। 

Tata
GBIME
Nepal Life

टेलिकमले उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ प्रशासकीय अधिकृत, वरिष्ठ व्यापार अधिकृत, टेलिकम इन्जिनियरलगायतका पदमा दरखास्त आह्वान गरेको छ। 

साथै, टेलिकमले कार्यक्षमता मूल्यांकन बढुवाबाट पनि पदपूर्तिको प्रक्रिया अघि बढाएको छ।

टेलिकमले लोक सेवा आयोगबाट सहमति पाएपछि पदपूर्ति प्रक्रिया अघि बढाएको छ। आवेदकहरुले आवश्यक कागजपत्रसहित अनलाइनमाध्यमबाट अपलोड गर्न सक्ने टेलिकमले जनाएको छ। 

आवेदकहरुले टेलिकमको वेबसाइटमार्फत् अनलाइन प्रणालीबाट दरखास्त दिन सक्नेछन्। अनलाइन आवेदन दिएपछि आवेदकहरुले परीक्षा शुल्क नमस्ते पे, कनेक्ट आइपीएस, इसेवा तथा खल्तीबाट भुक्तानी गर्न सक्नेछन्।