सामसङले दोस्रो लक्की ड्रमार्फत् घोषणा गर्‍यो २१ जना विजेता, जिते ५ ग्राम सुनको सिक्का

बिजमाण्डू
२०७८ मंसिर १ गते १२:५२ | Nov 17, 2021
सामसङले दोस्रो लक्की ड्रमार्फत् घोषणा गर्‍यो २१ जना विजेता, जिते ५ ग्राम सुनको सिक्का



काठमाडौं। सामसङ मोबाइलले नोभेम्बर १ देखि ३० तारिखसम्म संचालन गरेको एक उपहार योजनाका विजेताहरु घोषणा गरेको छ। सामसङले दोस्रोपटकको लक्की ड्रका उपहार विजेताहरु मंगलबार सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

यो लक्की ड्रमा नोभेम्बर ६ देखि १२ तारिखसम्मको अवधिलाई समेटिएको कम्पनीले जनाएको छ। उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गरेका ग्राहकहरुले कम्पनीले उपलब्ध गराएको नम्बरमा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरेको छ। 

दोस्रो लक्की ड्रमा पाँच ग्राम सुनको सिक्का प्राप्त गर्ने २१ जना विजेताहरु सामसङले घोषणा गरेको छ। कम्पनीले विजेताको सूची आफ्नो फेसबुक पेजमा प्रकाशित गरेको छ। 

कम्पनीले विजेताहरुलाई सात दिनभित्र आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न आग्रह गरेको छ। 

'हामी सधैं ग्राहकहरुसँगको सम्बन्धलाई नयाँ बनाउन लालायित छौं। यसै क्रममा नै हामीले ५ ग्राम सुनको सिक्का उपहार योजना संचालन गरेका हौं। यस योजनामा ग्राहकहरुले देखाउनु भएको उत्साह र सहभागीताले हामीलाई हौसला प्रदान गरेको छ। आजका बिजेताहरु सबैलाई बधाई दिन चाहन्छु,' सामसङ मोबाइलका निर्देशक प्रणयरत्न स्थापितले भने। 

५ ग्राम सुनको सिक्का जित्ने अवसर नोभेम्बर ३० सम्म रहेकाले सामसङ मोबाइल वा ट्याब खरिद गरी योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।