
काठमाडौं। आइसीटी अवार्ड २०२१ का उत्कृष्ट पाँच कम्पनीहरु घोषणा गरिएको छ। छैटौं संस्करणको एफवान सफ्ट आइसीटी अवार्ड २०२१ मा विभिन्न ११ विधामध्ये तीन महत्वपूर्ण विधामा जुरी समितिले उत्कृष्ट पाँचवटा कम्पनी घोषणा गरेका छन्।
हुवावे स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसीटी अवार्ड २०२१ विधामा गत शनिबार भएको प्रिजेन्टेसन एण्ड स्पिड डेटिङ सेसनमार्फत उत्कृष्ट ५ छनोट भएको आयोजकले जनाएको छ।
छनोटमा परेका उत्कृष्ट ५ ले नोभेम्बर १ देखि सुरू हुने पब्लिक भोटिङ (इसेवा र एसएमएस मार्फत्) मा सहभागी हुनु पर्नेछ। यसअघि ३ विधाबाट छनोट भएका उत्कृष्ट १० सबैका लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधा खुल्ला गरिएको आयोजकले जनाएको छ।
जुरीको छनोट, पब्लिक भोटिङ र फिल्ड भिजट समेत गरेर आयोजकले सर्वोत्कृष्ट कम्पनी घोषणा गर्ने बताइएको छ।
हुवावे स्टार्टअप आइसीटी अवार्ड विधाका उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरू डुलुवा एक्सपेडिसन्स प्रालि, हाउस अफ बुक्स प्रालि, खेती भेन्चर प्रालि, निर्वाण साथी टेक्नोभेसन प्रालि र पुर्याउ सर्भिसेस प्रालि छन्। यो विधामा ५० बढी आइसीटी स्टार्टअप कम्पनीहरूको सहभागिता रहेको बताइएको छ।
प्रडक्ट आइसिटी अवार्ड २०२१ का लागि उत्कृष्ट ५ मा छनोट भएका प्रडक्टहरुमा बग-भी, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेको आयोजकले जनाएको छ। यो विधामा ४० बढी आइसिटी प्रडक्टहरूको सहभागिता छ।
त्यसैगरी, राइजिङ स्टार इन्नोभेसन आइसीटी अवार्ड २०२१ को लागि छनोट भएका उत्कृष्ट ५ इन्नोभेसनहरुमा आक्स माट्ररव, आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मुसोर, ओपन प्लास्टपेपर र रेन्ट अ बाइक रहेको आयोजकले जनाएको छ। यो विधामा ६० भन्दा बढी छानिएका थिए।
आइसीटी अवार्ड २०२१ को ग्राण्ड फिनाले पुस २ गते हुँदैछ।