बैंकर्स संघले अर्थशास्त्री शंकर शर्मालाई सम्मान गर्दै, सिटिजन्स बैंक खोल्न गरेका थिए योगदान

बिजमाण्डू
२०७८ कात्तिक ५ गते १३:०६ | Oct 22, 2021
बैंकर्स संघले अर्थशास्त्री शंकर शर्मालाई सम्मान गर्दै, सिटिजन्स बैंक खोल्न गरेका थिए योगदान

काठमाडौं। नेपाल बैंकर्स संघले आगामी साधारणसभामा अर्थशास्त्री डा. शंकर शर्मालाई सम्मान गर्ने भएको छ। संघले हरेक साधारणसभापछि वित्तीय क्षेत्रमा योगदान पुर्याएबापत बैंकहरुको अध्यक्ष तथा पूर्व अध्यक्षहरुलाई सम्मान गर्दै आएको छ।

Tata
GBIME
Nepal Life

शर्माले केही समयअघिसम्म सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्ष थिए। उनकै नेतृत्वमा बैंक स्थापना भएको थियो। 

शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत हुन्। उनी अमेरिकाका लागि राजदुतसमेत भएका थिए।

संघले कात्तिक २३ गते बार्षिक साधारणसभा आयोजना गर्दैछ। यसपाली अध्यक्षसहितको निर्वाचन हुँदैछ।

संघले यसअघि प्रथम गभर्नर हिमालय शम्शेर राणा, एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, नबिल बैंकका पुर्व अध्यक्ष स्व: शम्भु पौडेल, नबिल बैंकका पूर्व अध्यक्ष  तथा पुर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरिसकेको छ।