न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट, २ लाख ९ हजार २५० जनाले पाए १० कित्ता शेयर

रासस
२०७८ कात्तिक ५ गते ११:५३ | Oct 22, 2021

काठमाडौं। न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको बताइएको छ।  बाँकी २२ लाख ४१ हजार १ सय ३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २ सय ५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाख  रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजना निर्माणको कूल अनुमानित लागत  छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ रुपैयाँ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित  २० करोड ३९ लाख २५ हजार १८६.५ हुने कम्पनीले जनाएको छ ।