सामलिङ पावर कम्पनीले आजबाट जारी गर्यो सर्वसाधारणलाई सेयर, साढे ९ मेगावाटको आयोजना बनाउँदै

बिजमाण्डू
२०७८ कात्तिक ४ गते ११:१० | Oct 21, 2021

काठमाडौं। सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई आजबाट सेयर जारी गरेको छ। कम्पनीले जारी पुँजीको १४.६ प्रतिशत सेयर जारी गरेको हो। सेयरका लागि कात्तिक ८ गतेसम्म आवेदन दिन सकिन्छ।

Tata
GBIME
Nepal Life

कम्पनीको सात करोड ३० लाख रुपैयाँ बारबरको सेयर जारी गरेको छ। कुल ७ लाख ३० हजार कित्ता सेयरमा १४ हजार ६०० कित्ता सेयर कर्मचारी र ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष कम्पनीलाई छुट्याइएको छ।

बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले दाबी गर्न पाउने छन्। १०० रुपैयाँ अंकित दरको सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ। बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।

कम्पनीले ९.५१ मेगावाट क्षमताको परियोजना निर्माण गरिरहेको छ। यसको कुल लागत २ अर्ब अनुमान गरिएको छ। प्रति मेगावाट लागत २१ करोड रुपैयाँ पर्छ।