आइफोन १३ को प्रि-बुकिङ खुल्यो, कात्तिक १२ देखि डेलिभरी, मूल्य १,२०,९०० देखि सुरु

बिजमाण्डू
२०७८ कात्तिक २ गते ११:१६ | Oct 19, 2021
आइफोन १३ को प्रि-बुकिङ खुल्यो, कात्तिक १२ देखि डेलिभरी, मूल्य १,२०,९०० देखि सुरु


काठमाडौं। नेपालमा पनि आइफोन १३ सिरिजका विभिन्न मोडलहरुको प्रि-बुकिङ खुलेको छ। एप्पलको नेपालका लागि आधिकारिक बितरक इभोलुसन ट्रेडिङले आइफोन १३ सिरिजका विभिन्न ९ वटा मोडलहरुको प्रि-बुकिङ खोलेको जनाएको छ। 

Tata
GBIME
Nepal Life

ट्रेडिङले आइफोन १३, १३ प्रो, १३ प्रो म्याक्सको प्रि-अर्डर गर्ने ग्राहकहरुलाई आगामी कात्तिक १२ देखि स्मार्टफोन डेलिभरी गर्ने जनाएको छ। 

आइफोन १३ प्रो म्याक्स- २५६ जीबीको दुई लाख पाँच हजार ९०० रुपैयाँ, आइफोन १३- १२८ जीबीको एक लाख ३७ हजार ९०० रुपैयाँ, प्रो म्याक्स-१२८ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ, १३ प्रो- १२८ जीबीको एक लाख ७४ हजार ९०० रुपैयाँ र १३ प्रो- २५६ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ पर्ने ट्रेडिङले जनाएको छ। 

त्यसैगरी, १३ मिनी- १२८ जीबीको एक लाख २० हजार ९०० रुपैयाँ, १३- २५६ जीबीको एक लाख ५४ हजार ९०० रुपैयाँ, १३- ५१२ जीबीको एक लाख ८९ हजार ९०० रुपैयाँ र १३ मिनी- २५६ जीबीको एक लाख ३७ हजार ९०० रुपैयाँ पर्ने ट्रेडिङले जनाएको छ।  

इभोलुसन ट्रेडिङले अन्य पाँचवटा आइफोन १३ का मोडलहरु छिट्टै नेपाल भित्र्याउने जनाएको छ। आइफोन १३ प्रो म्याक्स- ५१२ जीबी, १३ प्रो म्याक्स- १ टिबी, आइफोन १३ प्रो- ५१२ जीबी, १३ प्रो- १ टिबी र १३ मिनी- ५१२ जीबीको प्रि-अर्डर खुलेको छैन।