मार्क जुकरबर्गले मेटाभर्स बनाउन यूरोपमा नयाँ कर्मचारी भर्ना गर्दै, १० हजारलाई रोजगारी दिने

बिजमाण्डू
२०७८ कात्तिक १ गते १२:३८ | Oct 18, 2021
मार्क जुकरबर्गले  मेटाभर्स बनाउन यूरोपमा नयाँ कर्मचारी भर्ना गर्दै, १० हजारलाई रोजगारी दिने


काठमाडौं। फेसबुकले सोमबार १० हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ। युरोपियन युनियनमा मेटाभर्स निर्माण गर्न फेसबुकले उक्त संख्यामा नयाँ कर्मचारी भर्ना गर्न लागेको हो। 

Tata
GBIME
Nepal Life

मेटाभर्स इन्टरनेटको भर्चुअल रियालिटी भर्सन हो जसलाई टेक जायन्टहरुले भविष्यको संज्ञा दिने गरेका छन्। फेसबुकका सीईओ मार्क जुकरबर्गले सिलिकन भ्यालीमा मेटाभर्सको आइडिया नेतृत्व गरिरहेका छन्। मेटाभर्सले भौतिक संसार र डिजिटल दुँनियाबीच रहेको रेखालाई अझ पातलो बनाउने विश्वास फेसबुकको छ। 

यो प्रविधिले उदाहरणका लागि भर्चुअल रियालिटी चस्माको मद्दतले जोकोहीसँग नजिकै बसेर फेस-टु-फेस बोलिरहेको अनुभव प्रदान गर्ने बताइएको छ। इन्टरनेटको सहायताले हजारौं किलोमिटरको दूरीमा रहेका भौतिक शरीरलाई नजिक्याउन सहज हुने अपेक्षा फेसबुकको छ। 

फेसबुकका अनुसार मेटाभर्स निर्माणले क्रियटिभ, सामाजिक र आर्थिक अवसरको पहुँच निर्माणको सम्भावना रहेको जनाएको छ।  

फेसबुकले आगामी पाँच वर्षभित्र युरोपियन युनियनमा दक्ष रोजगारी सिर्जना गर्ने योजना बनाएको छ। फेसबुकले विशिष्ट इन्जिनियरहरुलाई प्राथमिकताका साथ अनुबन्धित गरेर नयाँ मेटाभर्स टिम तयार गर्ने जनाएको छ।