विश्व बजारमा सेमि कन्डक्टर चिप्स अभावका कारण भारतमा हुण्डाइ क्रेटा डेलिभरीमै आठ महिना

बिजमाण्डू
२०७८ असोज ३१ गते १३:०८ | Oct 17, 2021
विश्व बजारमा सेमि कन्डक्टर चिप्स अभावका कारण भारतमा हुण्डाइ क्रेटा डेलिभरीमै आठ महिना

सेमी कन्डकटर चिप्सको अभाव भएसँगै भारतीय बजारमा बर्चश्व जमाउँदै आएको हुण्डाइ गाडीको डेलिभरीमा लामो समय लाग्न थालेको छ। गाडीको डेलिभरी दिन आठ महिनासम्म लागेको कम्नीले जनाएको छ। 

Tata
GBIME
Nepal Life

दक्षिण कोरियामा मुख्यालय रहेको यो गाडी उत्पादक कम्पनीले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य माग आएपनि चिप्स अभावका कारण समयमै गाडी डेलिभरी दिन गाह्रो पर्दै आएको जनाएको छ।

कम्पनीले उत्पादन गर्दै आएको स्पोर्ट्स युटिलीटी भेहिकल (एसयुभी) अन्तर्गतको गाडी सप्लाइ चेन प्रभावित हुँदै आएको कम्पनीले जानकारी दिएको छ। यस मध्ये हुण्डाई क्रेटाको एसएक्स र एसएक्स (ओ) भेरियन्टका गाडी डेलिभरी हुनै आठ महिना लाग्दै आएको हो। यसबाहेकका एसयुभी पाँच देखि छ महिनामा डेलिभरी हुँदै आएको बताइएको छ। 

कम्पनीका अनुसार क्रेटा सेगमेन्ट अन्तर्गत इ, इएक्स, एस, एसएक्स एक्जिक्युटिभ, एसएक्स, एसएक्स (ओ) लगायत छ वटा भेरियन्ट रहेका छन्।

नेपालका लागि हुण्डाइ गाडीको आधिकारीक विक्रेता कम्पनी लक्ष्मी इन्टर कन्टिनेन्टल हो। कम्पनीले बिक्री गर्दै आएको विभीन्न मोडलका गाडीको माग उल्लेख्य रहँदै आएपनि सप्लाई चेनमा प्रभाव परेका कारण ग्राहकलाई समयमै डेलिभरी दिन नसकिएको कम्पनीले  जनाएको छ।