चाडबाड नजिकिएसँगै आन्तरिक उडान थप्ने गृहकार्य, कम्पनी भन्छन् ‘६०% टिकट बुकिङ भइसक्यो’

बिजमाण्डू
२०७८ असोज ८ गते १५:३६ | Sep 24, 2021
चाडबाड नजिकिएसँगै आन्तरिक उडान थप्ने गृहकार्य, कम्पनी भन्छन् ‘६०% टिकट बुकिङ भइसक्यो’


काठमाडौं। आन्तरिकतर्फको हवाई सेवा दिइरहेका कम्पनीहरुले दसैंमा नियमितका तुलनामा उडान थप्ने भएका छन्। अहिल्यै ६० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेकाले उडान थप्न गृहकार्य भइरहेको हो।

Tata
GBIME
Nepal Life

सस्तो दरका सबै टिकट बुकिङ भइसकेका छन्। महंगो फेयरमा पनि बुकिङ जारी रहेकाले उडान थप्नुपर्ने हिसाब वायुसेवा कम्पनीहरुको छ। बुद्ध र यतीले उडान थप्ने करिब करिब निश्चित छ, अन्य कम्पनीहरु पनि कति बुकिङ आउँदा उडान थपे फाइदा हुन्छ भन्ने हिसाब गरिरहेका छन्। 

घटस्थापना सुरु हुन १० दिन बाँकी रहँदा सबैजसो हवाई सेवाले उत्साहजनकरूपमा अग्रिम बुकिङ पाएका छन्। काठमाडौंबाट बाहिरिने यात्रुले अगाडि नै बुकिङ गरिरहेको कम्पनीहरुले जनाएका छन्। काठमाडौंबाट बाहिरिनेका तुलनामा दसैंमा उपत्यका भित्रिने टिकट भने न्यून मात्रै बुकिङ भएका छन्। गत सातासम्म हवाई भाडामा अफर ल्याएका कम्पनीहरु दसैंको बुकिङमा भने सहुलियत मूल्यबारे चुपचाप छन्। 

दसैंका लागि विराटनगर, भद्रपुर, नेपालगञ्ज, धनगढी, पोखरा लगायत गन्तव्यको अग्रिम बुकिङ उल्लेख्य छ। यात्रुले पछि टिकट काट्न गाह्रो हुने भन्दै धमाधम बुकिङ गरिरहेका छन्। 'दसैंमा काठमाडौं बाहिर जानेको बुकिङ धेरै छ। हाम्रा उडानमा ६० प्रतिशतभन्दा बढी बुकिङ भइसक्यो,' बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले भने, 'यात्रुको मागअनुसार कम्पनीले उडान थप्ने निर्णय गर्नेछ।'

दसैंका लागि आउजाउ सुरु भइसकेको उनले बताए। अबको दुई/तीन दिनको अवस्था र यात्रुको मागलाई मध्यनजर गर्दै उडान संख्या बढाउने तयारी रहेको उनले जानकारी दिए। कम्पनीले दैनिक एक सय ४२ वटा उडानमार्फत आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको उनले बताए। 

यती एयरले दैनिक २१ उडान गरिरहेको छ। चाडबाडलक्षित ४ उडान थप्न सकिने गृहकार्य भइरहेको प्रवक्ता तथा उडान सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए। 'अवस्था अनुसार उडान थप हुनेछ,' उनले भने। 

हाल दैनिक २० वटा उडान सेवा दिँदै आएको श्री एयरलाइन्सले भने तत्काल उडान संख्या थपिहाल्ने योजनामा छैन। घटस्थापनाबाट गरिने उडानमा ५० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए।

'अबको एक सातापछि टिकट बिक्रीले थप गति लिने देखिएको छ। अघिल्ला वर्षमा पनि उडान हुने समय नजिकिएसँगै यात्रुले टिकट बुकिङ गर्दै आएका छन्,' प्रवक्ता मानन्धरले भने, 'हालसम्म दसैंलाई टारगेट गरेरै फ्लाइट थप्ने योजना छैन। चाप भयो र थप्नैपर्ने देखियो भने कम्पनीले विचार गर्न सक्छ।'

आठ वर्षपछि व्यवसायमा पुनरागमन गरेको गुण एयरलाइन्सले हाल पोखरा र भरतपुर उडान गर्दै आएको छ। आउँदो सातादेखि थप ६ वटा गन्तव्यका लागि टिकट बुकिङ खुला गर्ने जनाएको छ। गुणको उडान सुरु हुनु आन्तरिकतर्फको हवाई सेवामा नियमित सिट संख्याभन्दा उडान थपिए बराबर नै हुनेछ। यात्रुले सहज टिकटको विकल्प पाउने छन्।

यतीसँग खरिद गरेको पाँचवटा जेटस्ट्रिम उडानका लागि गुणले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पर्खिरहेको छ। अनुमति पाएसँगै कम्पनीले आउँदो साताबाट विराटनगर, जनकपुर, सिमरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज लगायतका लागि बुकिङ खुला गर्ने प्रवक्ता प्रज्वल थापाले बताए। 'दसैंका लागि हामीले पोखरा र भरतपुरका लागि बुकिङ खोलिसकेका छौं। आउँदो सातादेखि थप ६ वटा गन्तव्यका लागि दसैं लक्षित टिकट बुकिङ खुला गर्नेछौं,' उनले भने,'दुइटा गन्तव्यमा शतप्रतिशत अकुपेन्सी छ।' 

'लो फेयर' का टिकट सकियो?

चाडबाड सुरु हुनु करिब तीन साता अगाडिदेखि नै बुकिङ सुरु भएसँगै यतिखेर सुरुवाती भाडादरका टिकट पाउनै मुस्किल छ। दसैं टिकट बुकिङ खुला गर्दा 'लो फेयर' (सस्तो भाडादर) को टिकट सकिन थालेको कम्पनीहरुले जनाएका छन्।

हवाई सेवा कम्पनी र मोबाइल वालेटबाट टिकट बुकिङको सुविधा सहज भएसँगै यात्रुले दसैंको यात्रा सुनिश्चित गरिरहेका हुन्। महंगो फेयरका टिकट नै धमाधम बुकिङ भइरहँदा कम्पनीहरुले सस्तो फेयर ल्याउन ध्यान दिने सम्भावना कम छ।

वायुसेवा कम्पनीले घटस्थापनाका लागि निर्धारण गरेको भाडादर यस्तो छ

गन्तव्य

सुरुवाती भाडादर

अधिकतम भाडादर

काठमाडौं-विराटनगर

,१००/-

,४०५/-

काठमाडौं-धनगढी

,१३०/-

१२,१५०/-

काठमाडौं-नेपालगञ्ज

,२८५/-

१०,३००/-

काठामडौं-भद्रपुर

,०००/-

११,३३०/-

काठमाडौं-जनकपुर

,१२०/-

,२२०/-

काठमाडौं-भैरहवा

,२००/-

,६३५/-