वीरगंज आएको हिन्द टर्मिनलको निजी कार्गो रेल रित्तै फर्किदै, ६ सय खाली कन्टेनर यार्डमै

बिजमाण्डू
२०७८ असोज ८ गते १०:३४ | Sep 24, 2021

वीरगंज। वीरगंजबाट ८ सय ४० किलोमिटर दुरीमा रहेको पश्चिम बंगालको हल्दिया बन्दरगाहबाट सातामा दुई पटक हिन्द टर्मिनलको निजी कार्गो रेल मालसामान लिइएर नेपाल आएको छ ।

Tata
GBIME
Nepal Life

गत साता बुधबार  नेपालमै पहिलो पटक निजी कार्गो रेलमार्फत मालसामान ढुवानी भयो भने असोज ४ गते सोमबार राती साढे ७ बजे सोही कम्पनीको दोस्रो कार्गो रेल वीरगंज आईपुगेको हो ।

पहिलो खेपमा ९० वटा २० फुटे कन्टेनर लिएर वीरगंज आइपुगेको रेल सोमबार राती आउँदा ८० वटा २० फुटे र ५ वटा ४० फुटे कन्टेनर लिएर वीरगंज भित्रिएको नेपाल इन्टरमोडेल यातायात विकास समिति ड्राईपोर्ट वीरगंजका शाखा अधिकृत तर्कराज जोशीले जानकारी दिए।

भटमास तथा तेलहन सामानको कच्चा पदार्थ र अन्य ट्रेडिङ सामान लिएर उक्त रेल दोस्रो खेपमा नेपाल आएको हो । कन्टेनर अनलोड गरी गत मंगलबारै रेल पुनः हल्दिया फर्केको थियो। डेढ महिनाअघि नेपाल भारतबीच भएको रेल्वे सर्भिस एग्रिमेन्ट संशोधन गरी निजी कम्पनीलाई कार्गो लिएर नेपाल ल्याउने अनुमति प्रदान भएपछि उक्त रेलले मालसमान ल्याइरहेको छ ।

निजी कम्पनी रेलमार्गमार्फत मालसामान ल्याउने सेवा पाएपछि अहिले १७ वर्षदेखि नेपालको लागि रेलमार्गबाट आयात निर्यात गरिने भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कोन्करको एकलौटी अधिकार टुटेको छ ।
 

रित्तै फर्किदै निजी कार्गो रेल
 

कार्गो ओसारपोसार गर्ने भारतीय निजी कार्गो रेलले भर्खरै सेवा शुरु गरेको कारण अहिले रित्तै हात फर्किन बाध्य बनेको छ । हिन्द टर्मिनलले हल्दियाबाट मालसमानको कन्टेनर लिएर प्रति खेप ९० वटा २० फुटे कन्टेनर ल्याइरहेको छ । तर वीरगंजबाट फर्किने कन्टेनर खाली फर्किरहेकोले समस्या भइरहेको भन्सार अधिकारीहरुले बताएका छन् ।

सिर्सिया सुक्खा बन्दरगाहका सूचना अधिकारी चूडामणि कटेलको अनुसार रित्तै फर्किनु भनेको पछि यार्डमा खाली कन्टेनर थुप्रिदै जानु हो ।‘जति पटक रेल खाली फर्किन्छ, त्यति पटकको ९० वटाको दरले कन्टेनर खाली भएर आएर यार्डमै थन्किेने हो,’उनले भने,‘पहिलो कोरोना कालमा पनि कन्टनेर सही समयमा खाली नहुदाँ कोन्करकै अहिले ६ सय कन्टनेर यार्डमै बसिरहेको छ ।’

उनले हिन्द टर्मिनलले कोन्करसंग संवाद गरी कोन्करको खाली कन्टेनर यसै बेला लगिदिए यार्डको जाम कम हुने विश्वास व्यक्त गरे । तर यस विषयमा सरोकारवालाहरुसंग छलफल हुँदा पनि समस्याको निकास ननिस्केको उनले बताए।