सानिमा माई हाइड्रोको १० प्रतिशत बोनस सेयर, कात्तिक ११ मा एजीएम, संस्थापक सेयर नहुने

बिजमाण्डू
२०७८ असोज ८ गते ०८:३९ | Sep 24, 2021

काठमाडौं। सानिमा माई हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयरसँगै सञ्चालक चयनको एजेण्डा पारित गराउन कात्तिक ११ गते वार्षिक साधारणसभा डाकेको छ। १०औं वार्षिक साधारणसभाले चुक्ता पुँजी २ अर्ब ८० करोड ९२ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर पारित गर्ने छ।

Tata
GBIME
Nepal Life

कम्पनीले कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ। साधारणसभाले बोनस सेयर पारित गरेपछि चुक्ता पुँजी बढ्ने छ। 

कम्पनीको सञ्चालक समितिको पनि निर्वाचन हुने छ। सात जनाको सञ्चालक समितिमा ६ जनाको निर्वाचनबाट आउने छन्। एक जना स्वतन्त्र सञ्चालक हुने छन्। ६ जनामध्ये २ जनाको निर्वाचन हुन गालेको हो। 

कम्पनीमा अब संस्थापक सेयर हुने छैन। सबैलाई साधारण सेयरमा परिवर्तन गरिने एजेण्डा पनि लगिँदैछ। कम्पनीको नाफा ४० करोड ६४ लाख रुपैयाँ छ। प्रति सेयर आम्दानी १४.४७ रुपैयाँ छ।