साहस ऊर्जाको सेयर: बिक्रीमा साढे ६४ लाख कित्ता, दुई दिनमै एक करोड ८९ लाख कित्ता माग

बिजमाण्डू
२०७८ असोज ७ गते १८:३१ | Sep 23, 2021
साहस ऊर्जाको सेयर: बिक्रीमा साढे ६४ लाख कित्ता, दुई दिनमै एक करोड ८९ लाख कित्ता माग


काठमाडौं। सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता सेयर बिक्रीमा राखेको साहस ऊर्जा लिमिटेडको सेयरमा दुई दिनमै एक करोड ८८ लाख ९० हजार कित्ता लागि आवेदन परेको छ। कम्पनीको सेयरमा असोज १० गतेसम्म आवेदन दिन सकिन्छ।

Tata
GBIME
Nepal Life

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर जारी गरेको छ। यसमध्ये ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई बाँडफाँट गरिने छ। २ लाख १० हजार कित्ता कर्मचारीलाई दिइने छ। बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिने छ। 

यो सेयरका लागि १२ लाख ८९ हजार जनाले आवेदन दिएका छन्। सेयरका लागि कम्तिमा १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

कम्पनीले सोलुखुम्बुमा परियोजना विकास गरिरहेको छ। कम्पनीले प्रभावितलाई ३५ लाख कित्ता सेयर दिएको थियो। 

कम्पनीले ८६ मेगावाटको परियोजना बनाइरहेको छ। प्रति मेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ छ। तुलनात्मक रूपमा यो परियोजना सस्तोमै निर्माण हुन लागेको छ। रन अफ रिभर प्रकृतिको परियोजनाको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल छ।