राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ दिन्छु भन्दा साढे ६७ अर्ब माग, नपुगेर साढे २९ अर्ब एसएलएफ

बिजमाण्डू
२०७८ असोज ७ गते १८:३० | Sep 23, 2021
राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ दिन्छु भन्दा साढे ६७ अर्ब माग, नपुगेर साढे २९ अर्ब एसएलएफ

काठमाडौं। बैंकहरु चरम तरलता संकटमा परेपछि नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ उपलब्ध गराउँदा बैंक तथा वित्तीय संस्थाबाट ६७ अर्ब ६० करोड रुपैयाँ माग भएको छ। 

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले बिहीबारका लागि रिपोमार्फत ३० अर्ब बजारलाई उपलब्ध गराएको थियो। बोलकबोलमार्फत दिन लागेको पैसाका लागि ६७ अर्ब ६० करोडको दाबी परेको हो।

१९ वटा बैंक तथा वित्तीइ संस्थाले फरक फरक ब्याज दर राखेर १०९ वटा आवेदन दिएका थिए। ३० अर्बको रिफोक्षका लागि न्यूनतम ब्याज ४.८७ प्रतिशत तोकिएको थियो भने अधिकतम ४.९६ प्रतिशत दाबी गरिएको थियो। औषत दर ४.९ प्रतिशत कायम भएको छ। 

राष्ट्र बैंकले बिहीबारको समेत गरेर चालु बर्ष कुल एक खर्ब रुपैयाँ रिपोमार्फत उपलब्ध गराइसकेको छ। 

रिपोले नपुगेर बैंकहरुले अहिलेसम्मकै धेरै स्थायी तरलता सुविधा बिहीबार लिएका छन्। बुधबारको २७ अर्क ३४ करोडको रेकर्डलाई बिहीबार २९ अर्ब ५१ करोड रुपैयाँ उठाएर उछिनेको छ। बिहीबार सर्बाधिक धेरै १४ पटकसम्म स्थायी तरलता सुविधा उठाएका छन्। 

स्थायी तरलता सुविधाको ब्याज ५ प्रतिशत हुन्छ। अन्तर बैंकमा सापटी पाउन छाडेपछि बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा प्रयोग गर्छन्।

रिपो र यो सुविधा आफूसँग भएको ऋणपत्र धितो राखेर राष्ट्र बैंकसँग बैंक तथा वित्तीय संस्थाले लिन्छन्। रिपो र स्थायी तरलता उस्तैउस्तै भएपनि केही भिन्नता भने छ। रिपो राष्ट्र बैंकले आफ्नो अनुकुलमा चाहेको बेला चाहेको समय तोकेर उपलब्ध गराउँछ। यसको ब्याज बोलकबोलमा तय हुन्छ।

स्थायी तरलता सुविधा बैंकहरुले जुनसुकै बेला लिन सक्छन्। यसको समय अवधि सात दिनको हुन्छ भने ब्याज पाँच प्रतिशत स्थिर तोकिएको छ।

बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा चालु बर्ष ४ खर्ब ३९ अर्ब सात करोड रुपैयाँ उठाइसकेका छन्।

सात दिनको स्थायी तरलता सुविधाबाहेक पनि एक रातका लागिसमेत बैंक तथा वित्तीय संस्थाले ओभरनाइट रिपो चलाएका छन्। ६ पटक गरेर २ अर्ब २६ करोड १५ लाख रुपैयाँ ओभरनाइट रिपोक्ष चलाएका छन्।