क्यूआर कोडबाट ५ अर्बभन्दा बढीको ऐतिहासिक कारोबार, वालेटबाट हुने कारोबार १४ अर्ब नाघ्यो

बिजमाण्डू
२०७८ असोज ७ गते १६:२८ | Sep 23, 2021
क्यूआर कोडबाट ५ अर्बभन्दा बढीको ऐतिहासिक कारोबार, वालेटबाट हुने कारोबार १४ अर्ब नाघ्यो

काठमाडौं। जुलाई-अगस्ट महिनामा क्यूआर कोडबाट पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। झण्डै १३ लाख वटा कारोबारबाट उक्त भुक्तानी भएको देखिन्छ। यो क्यूआरबाट भएको अहिलेसम्मकै बढी कारोबार हो।  

Tata
GBIME
Nepal Life

अघिल्लो महिना क्यूआरबाट साढे आठ लाख वा कारोबारबाट साढे तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। 

त्यसैगरी, मोबाइल वालेटबाट हुने कारोबार पनि अहिलेसम्मकै उच्च भएको देखिन्छ। जुलाई-अगस्टमा मोबाइल वालेटबाट एक करोड ३१ लाख ५५ हजार ५०१ वटा कारोबार भएको छ।

जसबाट वालेट प्रयोगकर्ताहरुले १४ अर्ब पाँच करोड रुपैयाँ कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ। 
अघिल्लो महिना वालेटबाट एक करोड २५ लाख वटा कारोबार भएको थियो। जसबाट एक अर्ब २७ करोड ९० लाख रुपैयाँ कारोबार भएको थियो।

यस्तै, इन्टरनेट बैंकिङबाट हुने कारोबार संख्या र रकम दुवै उकालो लागेको छ। जुलाई-अगस्टमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले तीन लाख ४० हजार वटा कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ।

जसबाट इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुले १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। अघिल्लो महिना तीन लाख २९ हजार वटा कारोबार संख्याबाट १३ अर्ब ९३ करोड रुपैयाँबराबरको भुक्तानी भएको थियो।