एक महिनामै ४४ अर्ब २१ करोडले विदेशी मुद्रा सञ्चिति घट्यो, शोधनान्तर घाटा ३७.७५ अर्ब पुग्यो

बिजमाण्डू
२०७८ असोज ७ गते १५:५३ | Sep 23, 2021
एक महिनामै ४४ अर्ब २१ करोडले विदेशी मुद्रा सञ्चिति घट्यो, शोधनान्तर घाटा ३७.७५ अर्ब पुग्यो

काठमाडौं। देशको शोधनान्तर घाटा बढेको छ। जेठमा १५ अर्ब १५ करोड रुपैयाँ घाटामा गएर असारमा मुस्किलले एक अर्ब २३ करोड बचतमा गएको शोधनान्तर नयाँ आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ठूलो घाटामा गएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार, पहिलो महिनाको घाटा ३८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको साउनमा ५१ अर्ब ४६ करोड रुपैयाँ बचतमा थियो।

चालु खाता घाटा पनि ४७ अर्ब ९० करोड रुपैयाँ छ। अघिल्लो वर्ष साउनमा २४ अर्ब ८९ करोड रुपैयाँ बचतमा थियो। गत आर्थिक वर्षभरी घाटा ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ पुगेको थियो।
साउनमा रेमिटेन्स पोहोरकोभन्दा घटेको छ। पोहोरको भन्दा १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ। 

विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ। असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रहो सञ्चिति ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँमा खुम्चिएको छ। एकै महिना ४४ अर्ब २१ करोड रुपैयाँले घटेको हो।

उच्च आयातका कारण व्यापार घाटा ७०.६ प्रतिशतले बढेर १२९ अर्ब ९७ करोड रुपैयाँ पुगेका कारण मुद्राको सञ्चिति घटेको हो।