सुरु भयो चाडपर्व लक्षित बजार अनुगमन, खाद्यान्नदेखि लत्ताकपडासम्मका पसलहरु निगरानी गरिने 

बिजमाण्डू
२०७८ असोज ७ गते १३:१९ | Sep 23, 2021

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।  वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, नापतौल विभाग ,खाद्य गुणस्तर विभाग लगायतको टोलीले उपत्यकाका तीनै जिल्लाहरुमा संयुक्त अनुगमन सुरु गरेको हो ।

Tata
GBIME
Nepal Life

टोलीले चाडपर्वमा खपत हुने खाद्यन ,माछामासु ,लत्ताकपडा लगायत सबै बस्तुको अनुगमन गर्न लागेको विभागका प्रवक्ता शिवराज सेढाइले बताए सरकारले हरेक बर्ष विभागको नियमित बजार अनुगमनसहित संयुक्त रुपमा बजार अनुगमन गर्दै आएको छ । 

यो वर्ष पनि बजारमा हुने कालोबजारी, मूल्य नियन्त्रण ,मूल्यबृद्धि, कम गुणस्तरका खाद्यान्न लेबलिङ लगायतको अनुगमन हुने भएको उनले बताए । चाडबाडका बेला बजारमा भिडभाड बढी भएको मौका छोपी व्यवसायीहरुले म्याद नाघेका खाद्यान्नहरु बिक्री गर्छन्। 

दशैं नजिकिँदै गर्दा संयुक्त टोलीसहित विभागको नियमित बजार अनुगमन टोलीले अनुगमन गर्ने भएको छ । यसका लागि मन्त्रालयले पठाएको १२ जना र  विभागको ८ जनाको ६ वटा टोली रहने विभागले जनाएको छ । कहिँकतै अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएमा विभागमा जानकारी गराउन अनुरोध समेत गरेका छन्।