ग्लोबल आइएमइ बैंकको ऋणपत्र स्टक एक्सचेञ्जमा सूचीकृत, साढे ८ प्रतिशत ब्याज, किनबेच गर्न मिल्ने

बिजमाण्डू
२०७८ असोज १ गते १५:२२ | Sep 17, 2021
ग्लोबल आइएमइ बैंकको ऋणपत्र स्टक एक्सचेञ्जमा सूचीकृत, साढे ८ प्रतिशत ब्याज, किनबेच गर्न मिल्ने

काठमाडौं। ग्लोबल आइएमइ बैंकले निष्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गरेको छ। बैंकले साढे ८ प्रतिशत ब्याजको ऋणपपत्र निष्कासन गरेको थियो।

Tata
GBIME
Nepal Life

बैंकले प्रति इकाइ एक हजार रुपैयाँ दरको ३० लाख इकाइ ऋणपत्र सूचीकृत गरेको हो। ऋणपत्र खरिदकर्ताले प्रत्येक ६ महिनामा ब्याज पाउने छन्।

ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनबी आइआर एलए रेटिङ दिएको छ। यसको अर्थ जोखिम एकदमै न्यून छ भन्ने हो। इक्राले बैंकको रेटिङलाई पनि हालै स्तरवृद्धि गरेको छ। 

बैंकको पर्याप्त तरलता तथा पुँजीकोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो।

बैंकका ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।