अरुण भ्याली हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने, त्यसपछि ५०% हकप्रद वितरण गर्ने

बिजमाण्डू
२०७८ असोज १ गते ०९:१८ | Sep 17, 2021
अरुण भ्याली हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने, त्यसपछि ५०% हकप्रद वितरण गर्ने


काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असोज २४ गतेका लागि साधारणसभा डाकेको छ। भर्चुअल माध्यमबाट हुने २४औं सभाले लाभांशसँगै हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

Tata
GBIME
Nepal Life

कम्पनीले निर्माण गर्न लागेको माथिल्लो काबेली-२ जलविद्युत योजनाका लागि ऋण सम्झौता गर्ने प्रस्ताव पनि अनुमोदन गर्ने छ। यो परियोजना १५ मेगावाट क्षमताको हो।

कम्पनीले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदैछ। यसमध्ये १० प्रतिशत बोनस सेयर हो। यसबाहेक ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पनि लैजाँदै छ। 

कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ छ। यसको १० प्रतिशत बोनस सेयर दिएपछि पुँजी १५ करोड ७० लाख रुपैयाँले बढ्ने छ। यसपछि कायम हुने पुँजीको ५० प्रतिशत हकप्रद सेयर दिइने छ।