बढाइएको ब्याजले ‘कष्ट अफ फण्ड’ दुई प्रतिशत बिन्दुसम्मले उक्लिँदै, कुन बैंकको कति पुग्यो बचत?

बिजमाण्डू
२०७८ भदौ ३१ गते १७:०९ | Sep 16, 2021
बढाइएको ब्याजले ‘कष्ट अफ फण्ड’ दुई प्रतिशत बिन्दुसम्मले उक्लिँदै, कुन बैंकको कति पुग्यो बचत?

काठमाडौं। मुद्दति निक्षेपको ब्याज दर २४ वटा बाणिज्य बैंकहरुले बढाएका छन्। उनीहरुले मुद्दति निक्षेप तान्नका लागि बचतको ब्याज दरसमेत बढाएका छन्।

Tata
GBIME
Nepal Life

बचतको न्यूनतम र मुद्दतिको अधिकतम ब्याज अन्तर ५ प्रतिशत बिन्दु हुनु पर्छ। मुद्दति तान्नका लागि बचतको ब्याज पनि बढाउनु पर्छ। त्यही भएर अहिले मुद्दति बढाउन बैंकहरुले बचतको पनि चलाएका छन्।

मुद्दतिको ब्याज बढाउँदा त्यसको असर खर्चमा क्रमिक रुपमा पर्छ। पूर्ण रुपमा खर्च बढ्न दुई बर्षसम्म पनि कुर्नु पर्ने हुन्छ। तर बचतको ब्याज असोज १ गतेबाटै बढेकाले त्यही दिनदेखि बैंकको खर्च बढ्छ।

बचतको ब्याजक कारण बैंकहरुको कोष लागत (कस्ट अफ फण्ड) डेढदेखि २ प्रतिशत बिन्दुसम्मले बढ्ने अनुमान बैंकरले गरेका छन्। बैंकहरुले बचतको ब्याज तीन प्रतिशत बिन्दुसम्मले बढाएका छन्।

बैंकहरुले बचतको ब्याज दर ६.५२ प्रतिशतसम्म पुर्याएका छन्। न्यूनतम पनि साढे २ प्रतिशत छ। स्ट्यान्डर्ड चार्टर्डको दर साढे २ प्रतिशत छ। बैंकले आधा प्रतिशत बिन्दुले बढाएको हो। 

Banks Savings %
low High
Civil 4.25 6.25
ADBL 3.5 5
RBB 3.06 5
Nepal Bank 3.05 4.55
Citizen 3 5
Nabil 4.26 6.26
Prabhu 3.25 5
Prime 4.76 5.76
BOKL 3.77 5.27
NCC 4.26 5
NMB 4.52 6.52
Century 4.25 6.25
laxmi 4 6
Nepal Bangladesh Bank 3.76 4.76
SCB 2.5 4
Siddhartha 4.05 5.05
Everest 3.61 4
SBI 3.55 3.55
NIC  3.6 3.6
Sunrise 5.07 5.07
Kumari 3.15 5.15
Mega 4.55 6.05
Machapuchhre 3.75 5
Nepal Investment bank 4.02 4.02
HBL 4.15 6.15
GBIME 4.5 4.5