आइएमईले ल्यायो दसैं अफर, पैसा पठाएको रकमको आठ गुणा बढी पुरस्कार पाउने

बिजमाण्डू
२०७८ भदौ ३१ गते १७:०४ | Sep 16, 2021
आइएमईले ल्यायो दसैं अफर, पैसा पठाएको रकमको आठ गुणा बढी पुरस्कार पाउने

काठमाडौं। आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ। असोज १ देखि कात्तिक २६ गतेसम्म ५७ दिनका लागि कम्पनीले यो योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार आइएमईका एजेन्ट, आइएमई पे र बैंक ट्रान्सफर गर्दा हरेक साता दुई जनालाई पठाएको रकमको दुई गुणा, हरेक महिना दुई जनालाई डबलको डबल चार गुणा र बम्परमा एक जनालाई डबलको डबलो डबल आठ गुणा दिइनेछ।

आइएमई पेमा रकम प्राप्त गर्दा दुई सय थप बोनसको व्यवस्था हुने कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले ग्राहकले आइएमईप्रति देखाएको भरोसा अनुसार योजना ल्याएको बताए।

आइएमईका महाप्रवन्धकद्धय खिलेन्द्र पौडेल र रुद्रराज पौडेलले योजनाका बारेमा जानकारी दिए।

कम्पनीका अनुसार सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ। योजनामा आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायिक साझेदार(एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ।