दसैंमा नबिल बैंकको निक्षेपकर्तालाई स्किम, मुद्दती खातामा ९.२६ प्रतिशत ब्याज, बचतको पनि बढ्यो

बिजमाण्डू
२०७८ भदौ ३१ गते १२:११ | Sep 16, 2021
दसैंमा नबिल बैंकको निक्षेपकर्तालाई स्किम, मुद्दती खातामा ९.२६ प्रतिशत ब्याज, बचतको पनि बढ्यो

काठमाडौं। नबिल बैंकले दसैं लक्षित भन्दै निक्षेपकर्तालाई ९.२६ प्रतिशत ब्याज दिने घोषणा गरेको छ। बैंकले असोज १ गतेबाट लागू हुने गरी नयाँ ब्याज उपलब्ध गराउने विज्ञप्तिमा जनाएको छ।

Tata
GBIME
Nepal Life

एक वर्षभन्दा माथिको निक्षेप राख्नेले यो ब्याज पाउने छन्। बैंकले बचतमा पनि उच्चतम ब्याज दर घोषणा गरेको छ। यसअघि न्यूनतम ३.०१ देखि अधिकतम ५.०१ प्रतिशतसम्म ब्याज दिइरहेको बैंकले असोज १ गतेबाट लागू हुने गरी बढाएको छ।

बैंकले बचतमा न्यूनतम ४.२६ र अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिने छ। बैंकको देशभर रहेको १३५ वटै शाखामा गएर मुद्दती निक्षेप गर्ने वा पुनः नवीकरण गर्नेले यो ब्याज पाउने छन्। 

बैंकको १८५ वटा एटीएम र १५ सय भन्दा धेरै नबिल रेमिट एजेण्ट छन्।