सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि, बुधबार प्रतितोला ९१ हजार २ सय, चाँदी १२ सयमा स्थिर

बिजमाण्डू
२०७८ भदौ ३० गते १२:०५ | Sep 15, 2021
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि, बुधबार प्रतितोला ९१ हजार २ सय, चाँदी १२ सयमा स्थिर

काठमाडौं। सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि बजार मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। 

Tata
GBIME
Nepal Life

 गत आइतबार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ३ सय रुपैयाँ भएको थियो। सोमबार तोलामा ३ सय रुपैयाँले बढेको सुन मूल्य मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो। 

चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार २ सय रुपैयाँमा स्थिर छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १७९०.६३ डलर रहेको सुन बुधबार बढेर प्रतिऔंस १८०३ .२२ डलरमा कारोबार भइरहेको छ। चाँदी पनि मंगलबारका तुलनामा बुधबार बढेको छ। मंगलबार प्रतिऔंस २३.६६ डलर थियो, बुधबार २३.७२ डलर छ।