अन्नपूर्ण हेलिकोप्टरले सेप्टेम्बरमा दुईवटा हेलिकोप्टर ल्याउँदै, ल्याउन अमेरिका पुगे पाइलट

बिजमाण्डू
२०७८ भदौ २९ गते २०:३९ | Sep 14, 2021

काठमाडौं। अन्नपूर्ण हेलिकोप्टरले अमेरिका र दक्षिण अफ्रिकाबाट दुई वटा एयरबसको हेलिकोप्टर खरिद गर्ने भएको छ। सुरुमा अमेरिकामा रहेको हेलिकोप्टर ल्याउने कम्पनीका प्रशासन प्रवन्धक श्रीश शर्माले जानकारी दिए।

Tata
GBIME
Nepal Life

'दुईवटै हेलिकोप्टरका लागि हामीले कलसाइन पनि लिइसकेका छौं,' उनले भने।

आउँदो सेप्टेम्बर भित्रै अमेरिकामा खरिद गरिएको हेलिकोप्टर ल्याउने शर्माले जानकारी दिए। कम्पनीले पोखरा बेस रहेर उडान गर्न अनुमति पाएको उनले बताए। कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एनओसी 'नो अब्जेक्सन सर्टिफिकेट' पाइसकेको छ। अब डेमोन्स्ट्रेसन फ्लाइट सफल भएसँगै कम्पनीले एओसी 'एयर वर्दीनेस सर्टिफिकेट' पाउनेछ।

'अहिले हेलिकोप्टर ल्याउन प्राधिकरणबाट सिफारिस पाइसकेका छौं,' शर्माले भने,' दुवै हेलिकोप्टर तयारी अवस्थामा छ। हाम्रो एकजना पाइलट अमेरिकामा नै हुनुहुन्छ।'

कम्पनीले प्राधिकरणको प्रावधान अनुसार जनशक्ति राखिसकेको छ। उनका अनुसार कम्पनीले दुई पाइलट, दुई इन्जिनियर र एक जना सेफ्टी डाइरेक्टर नियुक्त गरिसकेको छ।

उडान अनुमतिको पाइपलाइनमा रहेको रोयल त्रिलोक प्राधिकरणको अनुमति प्रक्रियाको तेस्रो चरण अन्तर्गत डकुमेन्टेसन एण्ड इभालुएसनको क्रममा छ। प्रि-एप्लिकेसन, फर्मल एप्लिकेसन लगायतका प्रक्रिया पूरा गरिसकेको कम्पनीले यी चरण पार गरेसँगै डेमो फ्लाइटको तयारी गर्ने योजना बनाएको छ।

कोभिड-१९ संक्रमणको दोस्रो लहरका कारण जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै प्राधिकरणले नयाँ हेलिकप्टर कम्पनीहरुको उडान अनुमति प्रक्रिया अघि बढाएको हो।