प्रभुको बालबालिका लक्षित लगानी व्यवस्थापन योजनाः बिपन्न बालबालिकाको विद्यालय खर्च व्यहोर्ने

बिजमाण्डू
२०७८ भदौ २९ गते ११:२९ | Sep 14, 2021
प्रभुको बालबालिका लक्षित लगानी व्यवस्थापन योजनाः बिपन्न बालबालिकाको विद्यालय खर्च व्यहोर्ने


काठमाडौं। प्रभु क्यापिटलले बालबालिका लक्षित लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ। बालदिवसको अवसर पारेर सुरु गरिएको यस योजनामा जन्मेदेखि १६ वर्ष उमेर सम्मका बालबालिकाको लागि सेवा खरिद गर्न सकिने क्यापिटलले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो योजनामा नानीबाबुहरुको लागि पिएमएस सेवा लिएवापत क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ। 

प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने क्यापिटलको भनाई छ। 

‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुलनारा सहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ। 

यसमा लगानी अवधिः ५ वर्ष, हर्डल रेटः ८ प्रतिशत,  वार्षिक व्यवस्थापन शुल्क (एएमसी): २ प्रतिशत, मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत,  लक इन अवधिः ५ वर्ष, लक इन अवधि अगावै योजना बन्द शुल्कः ३ प्रतिशत,  नाफा वितरणः  न्यूनतम लगानी अवधि पश्चात र गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले व्यहोर्ने लगायत यस योजनाका मुख्य विशेष्ता हुन्। 

क्यापिटलले यस अघि महिला लगानीकर्ताहरुलाई मात्रै लक्षित गरेर तिजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजना र सबै प्रकारका लगानीकर्ताहरुको लागि प्रभु स्मार्ट पिएमएस योजना सञ्चालनमा ल्याइसकेको छ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपालअभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सकिने क्यापिटलले जनाएको छ।

यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइरहेको छ भनेर अनलाइनबाटै दैनिक रुपमा हेर्ने व्यवस्था गर्नुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन पनि प्राप्त गर्न सकिने  व्यवस्था मिलाइएको छ क्यापिटलले जनाएको छ।